दुर्व्यवहार गरेको आरोप लगाउँदै इंग्ल्यान्ड सुन्दरीले छोडिन् मिस वर्ल्ड


भारतको हैदरावादमा जारी मिस वर्ल्ड प्रतियोगिता विवादमा तानिएको छ। 
मिस इंग्ल्याण्ड २०२४ कि विजेता मिल्ला मगेले आफूलाई प्रतियोगितामा यौनकर्मीको जस्तो व्यवहार गरिएको भन्दै शोबाट अचानक बाहिरिएकी छन्। ‘मैले आफूलाई यौनकर्मी जस्तो महसुस गरे“। मलाई यस्तो लाग्यो कि मलाई पुरुष प्रायोजकहरूको मनोरञ्जनको लागि मात्र राखिएको हो’ २४ वर्षीया मिल्लाले द सनलाई दिएको अन्तर्वार्तामा भनेकी छन्।

उनले आफूहरूलाई मिस वल्र्डका लागि ठूलो आर्थिक सहयोग गर्ने वृद्ध व्यक्तिहरूको साथमा समय बिताउन समेत लगाइएको जनाउँदै प्रतियोगितामा महिलाको शारीरिक उपस्थिति र बाह्य सौन्दर्यलाई मात्र प्राथमिकता दिइएको आरोपका साथ यसको आलोचना गरिन्। साथै उनले ब्युटी विद अ पर्पसको नारामा आधारित प्रतियोगितामा महिलाको वास्तविक उद्देश्य र योगदानलाई नजरअन्दाज गरिएको समेत बताइन्।

मिल्लाका अनुसार प्रतियोगितामा प्रत्येक टेबलमा ६ जना पाहुना र २ जना प्रतियोगी महिलालाई राख्ने गरिन्थ्यो। ‘म त्यहाँ  कसैलाई मनोरञ्जन दिन र हसाउनका लागि गएको थिइन। म त्यहाँ  सामाजिक मुद्दाहरूको बारेमा बहस गर्न गएको थिएँ । तर  मेरो कुरा सुन्न कोही तयार थिएनन्’ उनले भनेकी छन्।

मिल्ला मगेले आफ्नो अभियानको रूपमा मेकअप नगरी र टिकाउ फेसनको पक्षमा उभिएर मिस इंग्ल्याण्डको ताज जितेकी थिइन्। उनी सीपीआर प्रशिक्षणको महत्वको बारेमा जनचेतना फैलाउने अभियानमा पनि सक्रिय छिन्। उनको यो कदमले मिस वर्ल्ड प्रतियोगिताको उद्देश्य र मूल्यबारे नयाँ  बहसको थालनी गरेको छ। मिल्ला मगेले प्रतियोगिताबाट बाहिरिएपछि, इंग्ल्याण्डको उपविजेता चार्लोट ग्रान्टलाई फाइनलमा प्रतिनिधित्व गर्ने जिम्मेवारी दिइएको छ।

मिस वल्र्डको आयोजकले भने आधिकारिक विज्ञप्ति जारी गर्दै मिल्लाले भनेको कुरामा सत्यता नरहेको र उनले आफ्नो आमाको गम्भीर स्वास्थ्य अवस्थाको कारण देखाउँदै शो छोडेको जनाएको छ।मिस वल्र्डको आयोजकले भने आधिकारिक विज्ञप्ति जारी गर्दै मिल्लाले भनेको कुरामा सत्यता नरहेको र उनले आफ्नो आमाको गम्भीर स्वास्थ्य अवस्थाको कारण देखाउँदै शो छोडेको जनाएको छ।