एमाले नेता लालबाबु पण्डितकी पत्नी महतको निधन


काठमाडौँ । 

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितको पत्नी विमला महतको निधन भएको छ ।

उनकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् । पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका छन् । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।

यो रोगले मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, रोगले च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या गराएको थियो ।

श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा एकदमै कम उपस्थित हुने गरेका थिए । उनी श्रीमती स्याहारेर बसेका थिए ।