वडास्तरीय बालसञ्जाल गठन

1.32k
Shares

उदयपुर ।

 त्रियुगा नगरपालिका वडा नं ६ ले मंगलबार वडा कार्यालयमा एक बाल भेलाको आयोजना गरी वडास्तरीय बालसञ्जाल गठन गरेको छ ।

त्रियुगा नगरपालिका ६ नं वडाध्यक्ष योगेन्द्र बहादुर दाहालको अध्यक्षतामा बसेको बैठकले श्रीपञ्चकन्या माध्यमिक विद्यालय पात्ले बासकी छात्रा कृष्णमाया खड्काको अध्यक्षतामा ९ सदस्यीय वडास्तरीय बालसञ्जाल गडन गरेको वडा सचिव खेमराज कुमाईले बताए ।

त्रियुगा नगरपालिका वडा नं ६मा रहेका सामुदायिक विद्यालय  संस्थागत विद्यालयका छात्रछात्राहरुको सहभागितामा भएको सो बालभेलाले बालसञ्जालको उपाध्यक्षमा जनता मा.वि देउरीकी छात्रा अदिति काफ्ले , सचिवमा उदयपसी अंग्रेजी मा.वि. जलजलेका मिसन खड्काछन भने कोषाध्यक्ष र सहसचिव पदपछि मनोनित गर्नेगरी रिक्त राखिएको छ । 

सो बालसञ्जालको सदस्यहरुमा जनता मावि देउरीका राज परियार, मायाशंकर प्रसाद गुप्ता, पञ्चकन्या माविकी सारिका तामाङ र उदयसी अंग्रेजी स्कुलका जोधन चौधरी रहेका छन् ।

सो बालसञ्जालको बैठकले प्रत्येक महिनाको अन्तिम शुक्रबार बैठक बस्ने र वडास्तरीय स्थानीय बालमैत्री समितिमा कृष्णमाया खड्का र अदिति काफ्लेलाई समावेश गराउने निर्णय गरिएको ६ नं वडा सचिव कुमाईले बताए ।