सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ।

मंगलबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रूपैयाले बढेर दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ।