आगामी २३ गते नेपालसंगै विदेशमा पनि एकसाथ रिलिज हुने फिल्म जन्ते बाख्रो ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सेकेण्डको ट्रेलर लभ स्टोरी र कमेडीमा केन्द्रित छ। सिमोस सुनुवारको निर्देशनमा निर्मित फिल्मको ट्रेलरले दर्शकमा कौतुहलता जन्माउँछ। फिल्म नेपाली ग्रामीण समाजमा दुलही भित्र्याएपछि गाउँको पाखा पखेरोमा दिइने परम्परागत भोज जन्ते बाख्रोको कथामा बनेको ट्रेलरले प्रष्ट पारेको छ।
मुइन इन्टरटेनमेन्टको ब्यानरमा सन्तोष गौतमद्वारा निर्मित सोसल कमेडी फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद, हरि हुमागाईंको डिओपी, उत्तम हुमागार्इंको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन रहेको छ।
सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारले अभिनय गरेको फिल्म टिफल्क फिल्म्स्ले वितरण गर्नेछ भनते डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।











प्रतिक्रिया