काठमाडौँ।
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लिवियामा तैनाथ श्री स्पेसल गार्ड युनिट अन्तर्गत श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फालाई बदली भएको छ। नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाश बहादुर सिंहको नेतृत्वमा सोमबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११४ जना नेपाली शान्ति सैनिकहरु सेनानी सञ्जीव राज नेपालको नेतृत्वमा आज (मंगलबार) स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया