१३१ बोतल लागुऔषधसहित एक जना पक्राउ


हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका वडा–१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ परेका छन् । उनी मंगलबार विहान करिब पौने १० बजे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई डेराकोठामा फेला पारेर खानतलासी गर्ने क्रममा दराजभित्र झोलामा लुकाइराखेको अवस्थामा लागुऔषध अनरेक्स १ सय ३१ बोतल फेला परेको हो ।

उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्धामा ५ दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।