श्रीअन्तुबाट फिल्म पत्रकारको ११ बुँदे घोषणापत्र जारी


श्रीअन्तु, इलाम।

चलचित्र पत्रकार संघ नेपालको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित २३औं फिल्म पत्रकारिता दिवस र दोस्रो राष्ट्रिय भेला इलामको श्रीअन्तु डाँडाबाट ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

सो अवसरमा विभिन्न विषयमा अन्तक्र्रिया र प्रशिक्षण कार्यशाला आयोजना गरिएको थियो। संघले पत्रकार, कलाकार, निर्माता, निर्देशक, व्यवसायी, राजनीतिज्ञ, जनप्रतिनिधिसहित करिब २ सय ५० जनाको सहभागितामा मंगलबारदेखि शुक्रबारसम्म सम्पन्न गरेको कार्यक्रमअन्तर्गत बुधबार संघका महासचिव रघुनाथ सापकोटाद्वारा सञ्चालित समारोहमा श्रीअन्तुस्थित केबीज हिल रिसोर्ट परिसरमा ७ पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको थियो।

सो अवसरमा पत्रकार विष्णु सुवेदीले सहजीकरण गरेको नेपाली फिल्म र पत्रकारिताको सम्बन्ध र अवस्थावारेको अन्तक्र्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्रीद्वय वसुन्धरा भुषाल र गौरी मल्ल, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र पत्रकार शान्तिप्रिय सहभागी थिए। त्यस्तै संघका अध्यक्ष समीर बलामीले सहजीकरण गरेको विधागत पत्रकारिता विषयक मिडिया मन्थनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी तथा पत्रकारद्वय विदुर गिरी र ध्रुव लम्साल सहभागी थिए।

तेस्रो दिन बिहीबार सुन्दर चिया बगानको पृष्ठभूमिमा गरिएको सिनेमा पर्यटन संवाद पत्रकार शान्तिप्रियले सहजीकरण गरेका थिए भने अभिनेता शिव श्रेष्ठ, निर्देशक मिलन चाम्स, निर्देशक तथा कोरियोग्राफर रेनाशा राई र छवि खतिवडा सहभागी थिए। सोही दिन श्रीअन्तु पोखरी परिसरमा भएको ग्रामीण क्षेत्रमा फिल्म विषयक अन्तक्र्रियामा सूर्योदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बराल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री वसुन्धरा भुषाल र गौरी मल्ल तथा पत्रकार विदुर गिरीले विविध विषयमा चर्चा गरे। पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले सहजीकरण गरेको कार्यक्रममा उपमेयर बरालले इलाममा सिनेमा छायांकन गर्नका लागि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। बोर्डका अध्यक्ष डिसीले यस्ता कार्यक्रमले इलामजस्ता प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थलको रिब्राण्डिङमा सहयोग पुग्ने आशा व्यक्त गरे। अभिनेत्री गौरी मल्लले करिअरको शुरूवाती चरणमा नै इलामका विभिन्न रमणीय स्थानमा छायांकन गर्न पाएको स्मरण गर्दै इलामको भौतिक विकासको नाममा पुराना संचरनालाई विनाश गर्न नहुनेमा जोड दिइन्।

अभिनेत्री वसुन्धरा भुषालले पनि विकासको नाममा ऐतिहासिक सम्पदाको विनाश गर्न नहुने र पहिलेका संरचनालाइ यथावत राख्दै प्राकृतिक सौन्दर्य बचाउनुपर्नेमा जोड दिइन्। अभिनेता शिव श्रेष्ठले आफू पहिलोपटक श्रीअन्तु पुगेको र यसको सुन्दरताबाट प्रभावित भएको बताए। पत्रकार विदुर गिरीले भारतले आफ्नो फिल्म नगरी बलिउडलाई अघि सारेर फिल्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गरी विश्वमा आफ्नो देश चिनाएको उदाहारण प्रस्तुत गर्दै इलामलगायत नेपालका विभिन्न स्थानको प्रवद्र्धनमा फिल्मको महत्वपूर्ण भूमिका रहने र त्यसमा केन्द्रीय सरकारको भन्दा बढी स्थानीय सरकारको साथ र सहजीकरणको खा”चो हुने औ“ल्याए।

बिहिबार नै सूर्योदय नगरपालिकाले होटल हिल टावरमा पत्रकारहरूलाई भव्य स्वागत गरेको थियो। लुना खतिवडाले सञ्चालन गरेको कार्यक्रममा गायक मन्दिप खड्का, गायिका शोभा शर्मा र वडा नम्बर ५ का वडा अध्यक्ष उर्गेन बम्जनले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा इलामलाई सिनेमाको माध्यमबाट सूर्योदय नगरपालिकालाई कसरी थप अघि बढाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो। सो अवसरमा सूर्योदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बरालले नगरपालिकाले गर्न लागेका विभिन्न महत्वपूर्ण कार्यबारे जानकारी गराएका थिए। सोही दिन पत्रकार पवन आचार्यले डिजिटल मिडियाका सम्बन्धमा प्रशिक्षण दिएका थिए।

संघका अध्यक्ष समीर बलामीले इलाममा गरिएको कार्यक्रमले सिनेमा र पर्यटन जोड्ने र सिनेमामार्फत इलाम र श्रीअन्तुको पर्यटन प्रवद्र्धन गर्ने विश्वाश व्यक्त गरे। चौ“थौ दिन शुक्रबार संघका केन्द्रीय अध्यक्ष समीर बलामीको अध्यक्षतामा ११ बुँदा श्रीअन्तु घोषणा पत्र जारी गर्दै कार्यक्रम सम्पन्न गरिएको छ। पत्रकार अनन्त वाग्लेको संयोजनमा ध्रुव लम्साल र लक्ष्मण सुवेदी सदस्य रहेको समितिद्वारा जारी घोषणापत्रमा कार्यक्रम आयोजना गर्न सघाउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष पार गरेका आप्mना सदस्यलाई पेशागत सुरक्षा भत्ता मासिक रूपमा उपलब्ध गराउँदै आएको र संघले आप्mनै पहलमा कल्याणकारी कोष खडा गर्न लागेकाले कल्याणकारी कोष शीर्षकमा नेपाल पत्रकार महासंघलाई बुझाउँदै आएको शुल्क अब आफ्नै कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी गराइएको छ। भेलाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न माग गरी मिडियामाथि विभिन्न समूहबाट भएका आक्रमण प्रयासका घटनाप्रति भत्र्सना गर्दै यस्ता घटना दोहोरिन नदिन माग गरेको छ। त्यस्तै विधागत पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन, अनलाइन र बिट पत्रकारितालाई लोक कल्याणकारी विज्ञापनमा समेट्न र सरकारले पत्रकारसम्बद्ध संघ–संस्थालाई दिंदै आएको सहुलियत अनुदान संघले प्राप्त गर्न नसकेको जनाउँदै संघलाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन भेलाले माग गरेको छ।

भेलाले नेपाली फिल्म बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न, नेपाली फिल्मको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थालाई प्रोत्साहन र प्रवद्र्धन गर्न, इलामको सूर्योदय नगरपालिकाको पर्यटन विकास विस्तारमा सघाउ पु¥याउन, रमणीय पर्यटकीय स्थानमा पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड्दै विभिन्न कार्यक्रम तय गर्न, इलामको १० वटा स्थानीय तहमा फिल्म र पर्यटनको विकास विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न, सूर्योदय नगरपालिकाका भारतको सिमास“ग जोडिएका भूभागमा सहज आवत जावतको वातावरण निर्माण गर्न माग गर्दै इलामका विभिन्न क्षेत्रको पर्यटन विस्तारका लागि फिल्मकर्मी र पर्यटन व्यवसायीबीच समन्वय र सहकार्यका लागि अपिलसमेत गरेको छ।
कार्यक्रम चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन तथा इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा सम्पन्न भएको हो।