जन्ते बाख्रोको मुकु मुकु म्याँ


आगामी जेठ २३ गते नेपालस“गै विदेशमा पनि एकसाथ रिलिजमा आउने फिल्म जन्ते बाख्रोमा समावेश मुकु मुकु म्याँ बोलको गीत सार्वजनिक गरिएको छ।
जी टु वान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतमा नेपाली ग्रामीण परम्परा र सांस्कृतिक पक्ष चित्रण गरिएको छ। कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द रचना, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडीलगायतलाई प्रस्तुत गरिएको छ। प्रदीप लामाको कोरियोग्राफी रहेको गीत विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा जन्ते बाख्रो खुवाउने पुरानो परम्परा प्रस्तुत गरिएको छ।

सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारले अभिनय गरेको फिल्म सामाजिक कमेडी कथावस्तुमा आधारित छ। मुइन इन्टरटेनमेन्टको ब्यानरमा सन्तोष गौतमद्वारा निर्मित फिल्ममा प्रदीप भारद्वाजको लेखन, हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ।