संसारकै सबैभन्दा लामो सांगीतिक अवार्ड कार्यक्रमको दाबी गर्दै नेसनल स्टार म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ।
संसार क्रियसन्स नेपालका अध्यक्ष स्वतन्त्र संसार महर्जनको सभापतित्व तथा बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली र नेपालभाषाका गीत–संगीतको क्षेत्रमा ५ दशकदेखि क्रियाशील गायक तथा संगीतकार रत्न बेहोसीलाई नगद २५ हजार रुपिया“सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। त्यसै गरी कलाकार पवन जोशीलाई नगद १५ हजारसहित मल्टि मिडिया स्टार प्रदान गरिएको छ भने नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरलाई सम्मान गरिएको छ।
कार्यक्रममा ३१ विधाअन्तर्गत १ सय ७२ अवार्ड प्रदान गरिएको थियो। समारोहमा कलाकर्मीहरू आशाकाजी थकू, कृष्णभक्त महर्जन, संगीता शाक्य, जुगल डंगोल र रामकृष्ण खडगीलाई संसार तेज बहादुर स्मृति अवार्ड, सरस्वती मानन्धर, बुद्ध सायमि, रवि सायमि, अनिल तुलाधर, सुरेन्द्र मानन्धर, निशा देशार र विश्वास बज्राचार्यलाई संसार सप्तरंगी सम्मान प्रदान गरिएको थियो। समारोहमा ललितपुर महानगरपालिका वडा नम्बर १६ प्रमुख निर्मल रत्न शाक्य सर्वोत्कृष्ट गीतकार, काठमाडौं महानगरपालिका वडा नंबर १८ का प्रमुख न्हुछेकाजी महर्जन गीतकार (जुरी) र बागमती सफाई अभियानका अभियन्ता गीतकार भाइ सुन्दरमान श्रेष्ठ गीतकार (पिपल्स च्वाइस अवार्ड) विजेता भएका थिए।











प्रतिक्रिया