काठमाडौँ।
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया