दुई सय ५१ जना गोसाईंकुण्ड यौगिक पदयात्रामा निस्किए 

3.67k
Shares

रसुवा। 

धार्मिक हिसाबले अत्यन्तै सुन्दर हिमाली  जिल्ला रसुवामा रहेको गोसाईंकुण्डमा  २ सय ५१ जना याेगिक पदयात्रीहरू पदयात्रामा निस्किएका छन् ।पतञ्जलि याेग समिति बागमती प्रदेशको आयोजनामा आइतबारदेखि उनीहरु पदयात्रामा निस्किएका हुन्। 

४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्डमा  आन्तरिक तथा वाह्य पर्यटकहरू आउने गरेकाेमा यस पटक याेग टटोलीहरू गोसाईंकुण्ड पुगेर माहादेवकाे दर्शन गरी  याेग ध्यान गरेर फर्कने याेजनासहित आन्तरिक तथा वाह्य पर्यटन वढि भन्दा वढि आअेास भन्ने उदेश्य रहेको पतञ्जलि याेग समितिका गुरु लवदेवले जानकारी दिए ।

याे एक सन्देशमूलक गोसाईंकुण्ड यौगिक पदयात्रा हाे जसले कैलाश मानसरोवर जतिकै धार्मिक क्षेत्र हाे हाम्रै देशमा रहेको धार्मिक स्थल पनि भ्रमण गराै है भन्ने सन्देश जाअेास भन्नका लागि पनि याे पदयात्रा रहेको आयोजक टिमले जनाएको छ ।  पदयात्रा ५ दिन सम्म रहेको पनि बताइएको छ ।

४ हजार  ३ सय ८० मिटरकाे उचाइमा रहेको गोसाईंकुण्डमा काठमाडौँबाट   सदरमुकाम धुन्चेमा  जेठ १० गते  वास वसि ११ गते गोसाईंकुण्ड प्रस्थान गरी  १२ गते गोसाईंकुण्ड पुगी १३ गते पुन धुन्चे फर्कने र १४ गते पुन काठमाडौँ फर्कने  आयोजक टिमले जनाएको छ ।बागमती प्रदेश र सङ्घीय  राजधानीबाट जोडिएर २ सय ५१ जना टाेली आएका हुन ।

विषेश गरी  बर्ष काे दुई चाेटि दशहरा र जनैपूणिर्माकाे अवसरमा मेला लाग्ने गर्छ भने आजभोलि १२ महिला नै मानिसहरूकाे अेाहरदाेहर हुन्छ ।त्रिशूली  नदीकाे उद्गम स्थल त्रिशूल धारा,गोसाईंकुण्ड लगाएत ऐतिहासिक,भौगोलिक धार्मिक तथा प्राकृतिक महत्त्वले गोसाईंकुण्ड धनी रहेको छ