नव नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायक विराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन शेयर गर्ने अवसर पाउने भएकी छन्।
दिव्याले फिल्म राम नाम सत्यमा विराज र सुशीलसँग स्क्रिन शेयर गर्ने मौका पाउने भएकी हुन्। माइकल चन्दको निर्देशनमा बन्ने फिल्मका लागि दिव्या र फिल्मको टिमबिच कागजी सम्झौता भइसकेको छ। ‘यो फिल्मको कथा बेजोड छ। मेरो भूमिका पनि निकै मन पर्यो। जसका कारण, फिल्ममा काम गर्न तयार भएकी हुँ दिव्याको भनाइ छ। एक्टर : टेक वानबाट नेपाली रजतपटमा डेब्यु गरेकी दिव्याका पिताम्बर पनि रिलिज भइसकेको छ।
फिल्मको छायांकन साउनबाट शुरू गर्ने योजना निर्माण पक्षको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङले निर्माण गर्ने फिल्ममा माइकल चन्दकै लेखन रहनेछ। डा. डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माता रहने फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा सुशन प्रजापतिको छायांकन रहनेछ। फिल्म एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण हुने जनाइएको छ।











प्रतिक्रिया