बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते


गोरखा।

गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको हो।

आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।

उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।