नेपाली सेनाद्वारा शङ्‍कास्पद वस्तु निष्क्रिय


काठमाडौँ।

रोल्पामा फेला परेको शङ्‍कास्पद वस्तु निष्क्रिय पारिएको छ। त्रिवेणी गाउँपालिकास्थित दहवनमा श्री भगवती माध्यामिक विद्यालयको जग खन्ने क्रममा सोमबार शङ्‍कास्पद वस्तु फेला परेको थियो।

उक्त शङ्‍कास्पद वस्तुलाई मंगलबार नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको नपाली सेनाले जनाएको छ।