निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति


काठमाडौँ
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । निफ्रालाई प्रतिकित्ता १ हजार रुपैयाँकादरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कुल इकाईमध्ये २ अर्ब रुपैयाँको २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ ।

बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरुलाई बिक्री गर्नेछ । निफ्राले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “६% निफ्रा उर्जा ऋणपत्र – २०८८÷८९” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।