ओखलढुंगा ।
महालेखापरीक्षकको प्रतिवेदन २०८२ अनुसार ओखलढुंगाको ८ वटा स्थानीय तहहरु मध्य मोलुङ गाउँपालिकामा सबै भन्दा कम बेरुजु रहेको छ । महालेखापरीक्षकको कार्यलयले सार्वजानिक गरेका प्रतिवेदन अनुसार मोलुङ गाउँपालिकामा कुल ९७ करोड ५४ लाख ४४ हजार रकमको लेखा परीक्षण गर्दा १ करोड ७ लाख ३ हजार बेरुजु देखिएको छ ।
यसैगरि ४ करोड ८३ लाख ३८ हजार बेरुजुसहित चम्पादेवी गाउँपालिकामा जिल्लाकै सबै भन्दा धेरै बेरुजु देखिएको छ । चम्पादेवी गाउँपालिकामा कुल ८३ करोड ८४ लाख २७ हजार रकमको लेखा परीक्षण गरिएको थियो । प्रतिशतका आधारमा यो गाउँपालिकामा ५.७७ प्रतिशत रकम बेरुजु देखिएको छ ।
यसैगरी लिखु गाउँपालिकामा कुल ९९ करोड ४३ लाख ८१ हजार रकमको लेखा परीक्षण गर्दा ३ करोड ७२ लाख २७ हजार रकम सहित कुल बजेटको ३.७४ प्रतिशत बेरुजु देखिएको छ ।
ओखलढुंगाकै मानेभञ्ज्याङ गाउँपालिकामा कुल बजेटको २.०७ प्रतिशत रकम बेरुजु रहेको छ । यो गाउँपालिकामा ८९ करोड ३५ लाख २४ हजार रकमको लेखा परीक्षण गरिएको थियो ।
कुल ८१ करोड ८१ लाख ९६ हजार रकमको लेखा परीक्षण गरिएको खिजीदेम्बा गाउँपालिकामा कुल बजेटको २ प्रतिशत १ करोड ६३ लाख ६१ हजार बेरुजु देखिएको छ । यसै १ अर्ब २ करोड ५६ लाख ३६ हजार बजेटको लेखा परीक्षण गरिएको चिशंखुगढी गाउँपालिकामा १ करोड ९१ लाख ६१ हजार बेरुजु देखिएको छ ।
जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकामा २ करोड ७ लाख १३ हजार बेरुजु देखिएको छ । यो नगरपालिकामा कुल १ अर्ब ६४ करोड ५३ लाख ७५ हजार रकमको लेखा परीक्षण गरिएको थियो । सिद्धिचरण नगरपालिकामा कुल बजेटको १.२६ प्रतिशत रकम बेरुजु रहेको छ ।











प्रतिक्रिया