अष्टाङ्गिक मार्गको सङ्क्षिप्त ज्ञान

3.67k
Shares

भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि प्रतिपादन गरेका चार घटनाहरूलाई चार आर्य सत्य भनिन्छ । ती चार आर्य सत्यहरूलाई पालना गर्ने विधिलाई अष्टांगिक मार्ग भनिन्छ । बुद्धका यी कुराहरूको विशुद्धरूपमा गरिने प्रयोगलाई धर्म भनिन्छ । यो बुद्धको रचनात्मक भनाइ भएकोले यसलाई बौद्ध धर्म भनिन्छ । ती चार अवधारणाहरूको सम्झना गर्न सकिने सरल तरिकामा व्याख्या निम्नानुसार गरिन्छ । यसलाई दुःख रोक्ने मार्ग अर्थात् निरोध मार्ग पनि भनिन्छ ।

१. सम्यक दृष्टिकोण (यथार्थपरक तरिकाले महसुस गर्नु) : दुर्गुण र सद्गुणको परिणाम हुन्छ भन्ने धारणालाई सम्यक दृष्टिकोण भनिन्छ । अर्को शब्दमा चार आर्य सत्यहरूको पूर्वानुमान गर्न सक्षम हुनु भनेको सम्यक दृष्टिकोण हो ।

२. सम्यक विचार (वास्तविक तरिकाले सोच्नु) : संसारबाट मुक्ति पाउने, अरूको दुःख नदेख्ने र अरूलाई हिंसा गर्ने इच्छा नबनाउने प्रतिज्ञा गर्नुलाई सम्यक विचार भनिन्छ ।

३. सही बोली (वास्तविक तरिकाले बोल्नु) : सत्य र स्वच्छ कुरा बोल्नु, निन्दा गरेर अरूमा विभाजन ल्याउने कार्यहरू निर्देशित नगर्नु, अरूलाई हानि नपुर¥याउने कुराहरूको बारेमा कुरा गर्नु र बेकारका घटना वा कथाहरूको बारेमा कुरा नगर्नुलाई सही बोली (पर्याप्त बोली) भनिन्छ ।

४. सही कर्म (साँचो तरिकाले काम गर्नु) : जीवित प्राणीहरूलाई मार्ने कामबाट टाढा रहनु, अरूको सामान चोर्नबाट टाढा रहनु र अरूका महिला वा पुरुषहरूसँग यौन दुव्र्यवहारबाट टाढा रहनुलाई सही कर्म (उत्कृष्ट काम) भनिन्छ ।

५. सही जीविका (साँचो तरिकाले जीवन बिताउनु) : हतियार, जीव, मासु, मदिरा र विषको व्यापार नगरी जीविका चलाउनुलाई सही जीविका (राम्रो पेसा) भनिन्छ।

६. सही प्रयास (साँचो तरिकाले श्रम गर्नु) : नपछ्याएको पाप नगर्नु, अशुद्धता त्याग्नु, स्वस्थ आचरण गर्ने प्रयास गर्नु र आफ्नो स्वास्थ्यलाई स्थिर राख्ने र त्यसको लागि प्रेरित रहने प्रयास गर्नुलाई सही प्रयास (उत्कृष्ट साहस) भनिन्छ ।

७. सम्यक सजगता (सत्य तरिकाले सचेत हुनु) : शरीर, भावना, मन र घटनाहरूको चिन्तनजस्ता चार स्मरणहरूको सचेत चिन्तनलाई सम्यक सजगता भनिन्छ।

८. सम्यक ध्यान (दृढ, स्थिर र स्वच्छ हुनु) : बुद्धले बताउनुभएको पहिलो ध्यानलाई सम्यक ध्यान भनिन्छ, यसको लागि व्यक्तिले अन्य विभिन्न प्रकारका ध्यानहरू त्याग्नुपर्छ ।

बौद्ध धर्मको पालन गर्ने हरेक व्यक्तिले अष्टांगिक मार्गको पालना गर्नु आवश्यक छ । यसबाहेक पञ्चशील र ६ वटा पारमिताको पनि पालना गर्नु अपरिहार्य मानिन्छ ।

शील भन्नाले नैतिक आचरण भन्ने अर्थ लाग्छ । बौद्ध भिक्षुहरुले अपनाउनुपर्ने शीलहरु थुप्रै भए तापनि अन्य व्यक्तिले पाँच प्रमुख शीलको पालना गर्नु पर्याप्त मानिन्छ । ती शील हुन्– कसैको हत्या नगर्नु, चोरी नगर्नु, यौन दुव्र्यवहार नगर्नु, झुट नबोल्नु तथा रक्सी वा मादक पदार्थको सेवन नगर्नु ।
त्यसै गरी पारमिता भनेको प्रमुख गुणहरु हुन्, जुन बोधित्व हासिल गर्नका मिमित जरुरी छ । ती पारमितामध्ये दान, नैतिक आचरण, धैर्यता, वीर्य, ध्यान र प्रज्ञा अत्यावश्यक गुण मानिन्छन् ।

भगवान् बुद्धले मान्छेभित्रै निहित हुने यस्ता सद्गुणहरुको अवलम्बन गरी जीवनमा आइपर्ने दुःख र बाधासित लड्न आठवटा आर्य अष्टांगिक मार्ग पहिल्याएका छन्, जुन मार्ग आजको चरम भौतिकवादी संसारमा झन् उपयोगी साबित भएका छन् ।