जन्मदिनको अवसरमा तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 


काठमाडौँ। आफ्नो जन्मदिनको अवसरमा  नेपाल समाचारपत्र दैनिकका कर्मचारी एवं  युनिक स्पोर्ट युबा क्लबका वरिष्ठ सल्लाकार रङ्ग कामीले द रोलिङ स्टोन्स स्कुलका विद्यार्थीलाई  शैक्षिक सामाग्री वितरण गरेका छन्। मंगलबार  मरु भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलमा एक कार्यक्रमको आयोजना गरी उनले विद्यालयका करिब ३०० जना विधार्थीलाई पेन्सिल र पेन वितरण गरेका हुन्। 

 सामाजिक कार्यमा सक्रिय रहेका उनले यसअघि  युनिक स्पोर्ट क्लबलाई  100 वटा टिसर्ट  र खेलकुदका  लागि जग्गा दान  गरेका थिए। 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक शिक्षिकाको उपस्थिति थियो। 

 उक्त विद्यालयमा ६  सय ६५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।