समावेशी नेपाल र मातृभाषाको पत्रकारिता


भाषिक दृष्टिले हेर्दा नेपालमा पत्रकारिताको मुख्य चर्चा नेपाली भाषाको पत्रकारितामा सीमित रहेको देखिन्छ ।

नेपाली भाषाबाहेकको पत्रकारिता सम्बन्धित भाषाका पत्रकारहरुको सरोकारको विषय मात्र बन्दै आएको छ । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले युक्त नेपाल निर्माणको लक्ष्य प्राप्तिका लागि विविध भाषाको पत्रकारिताका अवस्था, चुनौती र राज्यले सम्बोधन गर्नुपर्ने विषय पनि सार्वजनिक वृत्तको बहस हुनुपर्ने हो ।

तर राज्यको असमावेशी संरचना, विभिन्न भाषाको विकाससम्बन्धी संवैधानिक तथा कानुनी स्थितिको संकुचन, कथित मूलधारभन्दा बाहिरको विषय परेकोले लामो समयसम्म्म यो विषय सार्वजनिक विमर्शको विषय बन्न पुगेन । २०६२÷०६३ को जनआन्दोलन, संघीय राज्यको व्यवस्था, राज्यको समावेशी चरित्र हुनुपर्ने विषयमा राजनीति डोरिएसँगै यस विषयमा छलफल सुस्त गतिमा हुन थालेको छ ।

संघीय, लोकतान्त्रिक र गणतन्त्रात्मक राज्य व्यवस्थामा मात्र यस्तो अवस्था सम्भव भएको हो । यसले गर्दा अब उठेका विषय सघनता दिँदै त्यसका निष्कर्ष, घोषणापत्रलाई सम्बोधन गर्नु राज्यको आधारभूत दायित्व हो । यो दायित्वले संविधानको प्रस्तावनाको मर्मलाई जीवन्त दिनुका साथै संघीयताको अनुभूति गराउने लक्ष्यसम्म जोडिएको छ भने हजारौं वर्षपछि बनेको भाषा, त्यसको ज्ञान र संंस्कृति जोगाउने विषयसँग सम्बन्धित रहेको छ ।

सिद्धान्ततः पत्रकारिता सर्वसाधारणलाई सूचना दिने, शिक्षा दिने, मनोरञ्जन र प्ररेणा दिने हो । जनता र नागरिकबीचको पुल भएर सूचना प्रवाह गर्ने हो । जसले गर्दा राज्य नागरिकप्रति जवाफदेही र राज्यको सूचना जनताले पाउन सकियोस् । तर मातृभाषाको पत्रकारिताले यससँगै भाषा, संस्कृति, अलिखित परम्परा र ज्ञान बचाउने एउटा विशेष लक्ष्य राखेको हुन्छ ।

आजभन्दा १ सय १ वर्षअघि नेपालका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्ताबाट नेपालभाषामा बुद्धधर्मपछि नेपाल भाषा र बुद्धधर्मको पत्रिका पहिलोपटक प्रकाशन गर्दा बुद्धधर्म फैलाउनेसँगै नेपालभाषाको साहित्यको विकास गर्ने लक्ष्य राखेको थियो । त्यो पत्रिकाले पछि मुलुकको सामाजिक जागरण, राणाविरोधी चेत निर्माणमा भूमिका निर्वाह ग¥यो । त्यसले नेपालभाषामा लेख्ने थुप्रै साहित्यकारहरु पैदा ग¥यो । त्यसको २५ वर्षपछि नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा मैथली भाषाको पत्रिका शुरुवात भएको थियो । मैथली भाषाको पत्रकारिताको उद्देश्य पनि भाषाको विकाससँगै साहित्यको विकास थियो ।

शुरुमा भाषा र साहित्यको विकास गर्ने उद्देश्यले प्रकाशित मातृभाषाका पत्रिकाहरु क्रमशः सामाजिक, राजनीतिक चेत ल्याउने संवाहक बनेका थिए । भाषा र संस्कृतिका लागि प्रकाशित पत्रिकाले सबैभन्दा ठूलो देन भनेको हराउँदै गएको शब्दलाई बचाउने काम गरेको छ । हो, ती भाषाका पाठक सीमित होलान्, बजार सीमित होला । तर, त्यसले हजारौं वर्षदेखि अभ्यासका रुपमा रहेको संस्कार, संस्कृति र भाषा जोगाउन पु¥याएको योगदान कुनै हिसाबले कमी छैन । पत्रकारिता हराउने क्रममा रहेका भाषा जोगाउन योगदान पु¥याउन सक्छ भने पत्रकारिताले यहाँभन्दा बढी पु¥याउन सकिने योगदान अरु के होला ? अतः राज्य यसतर्फ चिन्तनशील हुनुपर्ने खाँचोे छ ।

नेपालको संविधानले नेपालमा बोलिने सबै भाषाहरु राष्ट्र भाषा भनिसकेको छ । लोकतन्त्रको आत्माका रुपमा रहेको जनताको वाक तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता बढीभन्दा बढी समुदाय, जनताले अभ्यास गर्न पाउनका लागि मातृभाषाको पत्रकारिताको भूमिका रहेको छ । मातृभाषाका सञ्चारमाध्यमको प्रवद्र्धनका लागि पनि राज्यले ठोस कदम चाल्नुपर्ने खाँचो छ भने विशेषतः राज्य नियन्त्रित सञ्चारमाध्यममा यसको अभ्याससँगै निजी क्षेत्रबाट सञ्चालित ठूला आकारका सञ्चारमाध्यममा पनि प्रतिविम्बित हु्नुपर्ने पनि अत्यन्त खाँचो छ ।

यस्तो कार्यले समावेशी नेपाल र समाज निर्माणको लागि सञ्चारमाध्यमले टेवा पु¥याउने निश्चित छ । यी कार्यले विभिन्न भाषाभाषीको राज्यप्रति अपनत्वको भाव बलियो भई प्रकारान्तरले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउन टेवा पु¥याउने निश्चित छ ।