आइसीसी महिला टी-२०: नेपाल आज पुनः हङकङसँग भिड्दै


काठमाडौं ।

 आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ । जसअनुसार तेस्रो खेलमा नेपालले मंगलबार हङकङ-चीनसँग खेल्नेछ । हङकङसँग भने यो दोस्रो खेल हो ।

थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिडन पुगेको थियो । जसलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान) , रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान) , रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा