चालू खाता २१० अर्ब बचतमा


काठमाडौं।

चालू आवको नौ महिनामा सरकारको चालु खाता २१० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता .१७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटि मात्र) ६ अर्ब ४९ करोड रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ ।