काठमाडौं
नविकरणीय ऊर्जाको प्रवद्र्धनमा क्रियाशील अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार अर्गा भगवतीको सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्तर्गत सार्वजनिक निष्काशन, कम्पनी सूचिकरण र नियामक निकायहरूसँगको समन्वयमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।
हाल अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजना द्रुत गतिमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ । परियोजना छिट्टै सम्पन्न गरी उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमार्फत वितरण गर्ने लक्ष्य राखिएको छ । यसबाट देशको आर्थिक समृद्धिमा टेवा पु¥याउनुका साथै स्वच्छ वातावरण प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
वित्तीय व्यवस्थापनको पक्षमा अर्गा भगवतीले हालै मात्र प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत आवश्यक ऋण व्यवस्थापन प्रक्रिया सम्पन्न गरिसकेको जानकारी दिइएको छ । सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर सम्पन्न भएको हो ।
प्रतिक्रिया