लक्ष्मी इ–मोबिलिटी र जिओ अटोमोबाइल्सले केई अटो ग्लोबल कन्फरेन्समा जित्यो ‘मोस्ट पर्सिसिङ पार्टनर’ अवार्ड


काठमाडौं
केई मोटर्सका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले केई अटो ग्लोबल कन्फरेन्समा ‘मोस्ट पर्सिसिङ पार्टनर’ अवार्ड जितेको छ । चीनको यिबिनमा सम्पन्न ‘केई अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५’मा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।

उक्त प्रतिष्ठित पुरस्कारले लक्ष्मी ईमोबिलिटी र जिओ अटोमोबाइल्सलाई ५० क्षेत्रीय वितरकमध्ये शीर्ष प्रदर्शन गर्ने साझेदारको रूपमा चिनाएको कम्पनीको दावी छ । जसले नेपालमा तिनीहरूको वृद्धि सम्भावना र प्रभावशाली उपस्थिति देखाउँछ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्यको उत्सव मनाइएको छ । जसमा विभिन्न शीर्षकमा छलफलहरू, रणनीतिक नेटवर्किङ र वैश्विक साझेदारीहरूको रोमाञ्चक अवसरहरू प्रस्तुत गरिएको थियो ।

उक्त सम्मानले केई गाडीहरूलाई नेपाली बजारमा प्रस्तुत र प्रवद्र्धन गर्न लक्ष्मी इ–मोबिलिटी र जिओ अटोमोबाइल्सको उत्कृष्ट प्रयासलाई मान्यता दिन्छ, साथै तिनीहरूको वृद्धि सम्भावना र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धतालाई प्रकट गर्दछ ।

उक्त पुरस्कारको साथमा, केई नेपाल, लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले नेपालको विशेष आवश्यकतासँग मेल खाने नयाँ मोडेलहरूको रोचक रेंज प्रस्तुत गर्नको लागि तयारी गर्दैछ । केई मोटर्सले प्राविधिक विशेषताहरू, मजबुत प्रदर्शन र मूल्य निर्धारणको साथ नेपाली यात्राको अनुभवलाई नयाँ परिभाषा दिने प्रतिबद्धता जनाएको छ । यसैगरी, लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले नेपालभरी नयाँ र विश्वासलायक यातायात समाधानहरू प्रदान गर्न प्रतिबद्धता जनाएका छन् ।