लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा  


काठमाडौँ। 

सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा फहराएका  छन् । उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिंदै आइरहेको छ । मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्धार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन भइरहेको छ ।