सेयर बजारमा सकारात्मक सुधार


काठमाडौं
४ दिन लगातार घटेपछि बिहीबार सेयर बजार सामान्यरुपमा सकारात्मक भएको छ । यसअघि ४ दिनमा नेप्से सूचक ६६.७७ अंकले घटेको थियो । छोटो समयमै यसरी घटेको बजार बिहीबार भने नेप्से सूचक २.०८ अंकले बढेर २६५८.०२ अंकमा आएको छ । ७ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा समूहका सूचक हरिया देखिएका छन् । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

करेक्सनपछि सेयर मूल्य झनै सस्तो भएको छ । भाउ सस्तो हुँदै जाँदा कारोबारी सक्रिय हुने संकेत देखिएको हो । त्यसो त बजार घटबढ सामान्य हो । तर पछिल्ला दिनहरुमा नेप्से माथि जानै सकेन । २८ सयको तहमा पुगिसकेको बजार पुनः घटेर २६ सयकै लाइनमा आएको छ ।

अन्य कारोबार दिन लगातार घटेपनि बिहीवार नेप्से सम्हालिएको छ । बिहीवार नेप्से २ दशमलव शून्य ८ विन्दुले माथी उक्लिएको हो । अघिल्लो चार कारोबार दिन निरन्तर घटेर यो दिन नेप्से २ हजार ६५८ दशमलव शून्य २ विन्दुमा बन्द भएको हो । २ हजार ६६८ दशमलव शून्य ६ विन्दुसम्म पुगेको नेप्से बिहीवार २ हजार ६४१ दशमलव ८८ विन्दुसम्म झरेको थियो । यो दिन ८२ कम्पनीको धितोपत्र मूल्य बढ्दा १६१ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ । युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य भने स्थिर बनेको छ । यस दिनको समग्र कारोबारलाई लिएर गरिएको मैनबत्ति विश्लेषणलाई हेर्दा बजार बढ्ने र घट्नेमा अन्योलको अवस्था सिर्जना भएको देखिन्छ । यो दिनको कारोबारमा डोजी आकारको हरियो मैनबत्ति बनेको छ ।

बिहीवार बुधवारको तुलनामा कारोबार रकम पनि बढेको छ । बुधवार ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँभन्दा बढीको १ करोड ८४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको १ करोड ९७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । यो दिन सर्वाधिक रकमको कारोबारभने ङादी ग्रुप पावरको भएको छ । यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयरमूल्य पनि सर्वाधिक तेस्रो नम्बरमा बढेको छ । ७ दशमलव ५६ प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँ ९४ पैसाले बढेर ङादी ग्रुप पावरको शेयरमूल्य प्रतिकित्ता ३४० रुपैयाँ ४७ पैसा कायम भएको हो ।

बिहीवार पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८६ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य ९४७ रुपैयाँ ८० पैसा कायम भएको हो भने क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ७१ रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ७८३ रुपैयाँ ६० पैसा कायम भएको हो । यस दिन नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव १२ प्रतिशत घटेको छ । प्रतिकित्ता ६० रुपैयाँ ३६ पैसाले घटेर नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य प्रतिकित्ता ७८७ रुपैयाँ ९२ पैसा कायम भएको हो ।

यो दिन कुल बजार पूँजीकरण ३ अर्ब ४५ करोड ८६ लाख रुपैयाँले बढेर ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब १६ अबै २४ करोड ८३ लाख रुपैयाँ कायम थियो । बिहीवार लगानी समूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशत बढेको छ । लगानी समूहसँगै यो दिन जलविद्युतको शून्य दशमलव २२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३९ प्रतिशत र बैंकिङको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको छ । यो दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव १६ प्रतिशत घटेको छ ।

https://www.nepalipaisa.com/news-detail/81002

सेयर बजार सामान्यरुपमा सकारात्मक भएको छ

https://www.nepalipaisa.com/news-detail/81002