एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त


काठमाडौं
एनएमबी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरे औपचारिक रूपमा सम्हाल्नुभएको छ । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबी बैंकसँग आबद्ध हुनुहुन्छ । बैंकको विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुखकार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आउनु भएको छ ।


उहाँको योगदान बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा विशेषरूपले महत्वपूर्ण रहँदै आएका छन् । उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमाआधारित सेवाविस्तार गर्न र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।