लघुकथा: आवेग


‘मध्यरातको समयमा कसले फोन ग¥यो हँ ?’ भन्दै उनले फोन हेरे ।
नेपालबाट दाजुले गर्नुभएको रहेछ ।


दाजुले भन्नुभयो, ‘ल, ल ! जति सक्छौ छिटो मिलाएर आउनुप¥यो । कान्छो छोरा बिरामी भएर आईसीयुमा भर्ना गरिराखेको छ ।’
राति नै टिकटको लागि अनलाइन चहारे । श्रीमान् मोबाइलमै बिजी भए, के भएको हो ? भनेर श्रीमतीलाई चिन्ता प¥यो । कामकुरा सबै थाँती राखेर एयरपोर्ट पुगे । चारैतिर कल गरेर उनी बुझ्दै थिए ।

श्रीमतीले बिलौना गरिन्, ‘यिनैका लागि भनेर दुवैजना विदेश आइयो । एउटाले नछोडेको भए नि हुन्थ्यो । कमसेकम आफ्नो आँखाअगाडि त रहन्थे । मेरो त हातखुट्टै लागेको छैन । सामान्य बिमारी भएको भए दाजुले किन हिँडिहाल भन्नुहुन्थ्यो र ?’
काठमाडौं एयरपोर्टबाट उनले आत्तिदै दाजुलाई फोन गरे, ‘कुन हस्पिटल आउने हो ?’
दाजुले भने, ‘तिमीहरु नआत्तीकन घर आओ, अहिले होस आएको छ ।’


घरमा पुग्दा मान्छे भरिभराउ थिए । बिरामी हेर्न आएका होलान् भनेर दाजुलाई छोराको बारेमा सोधे, ‘छोरा अस्पतालमै छ कि घर ल्याएको हो ?’
दाजुले भने, ‘अब छोरो रहेन, भाइ ! केटीको चक्करमा मोरोले सुसाइड ग¥यो ।’
– भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट–४, नवलपुर ।