सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं ।

सुनको मूल्य आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।