नेपाल चिया विकास निगम लिमिटेड र एनएमबी क्यापिटलबीच आइपीओ निस्कासन गर्ने सम्झौता


काठमाडौं
नेपाल चिया विकास लिमिटेडले आइपिओ निस्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । नेपाल चिया विकास लिमिटेड नेपालकै सबैभन्दा ठुलो चिया उत्पादन तथा वितरक संस्था हो ।

सन १९६६ मा स्थापना भएको चिया विकासले गोल्ड लिफ, मसला चिया, सिटिसी चिया, हरियो चिया र अर्थोडक्स चियासहित विस्तृत श्रृंखलाको चिया उत्पादन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आफ्ना ब्रान्डका चिया रुस, युरोप, जापान, भारत, अस्ट्रिेलिया, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालगायत अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने जनाएको छ ।

चिया विकासले आफ्नो पुँजी वृद्धिका लागि ६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । त्यसका लागि एनएमबी क्यापिटललाई निस्कासनको अनुभति दिएको हो ।

सम्झौतामा चिया विकासका कार्यकारी अध्यक्ष सृुभाष चन्द्र संघाइ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैध्यले हस्ताक्षर गर्नुभएको छ ।