मुक्तिनाथ कृषिको सहायक कम्पनी मुक्तिनाथ फुड बैंकले २४ सय प्रतिशत हकप्रद निष्काशन गर्ने


काठमाडौं

मुक्तिनाथ फुड बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख १७ गते विशेष साधारणसभा बोलाएको हो ।

साधारणसभामा कम्पनीको अधिकृत पूंजी जारी पूंजी र चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र कम्पनीको हाल कायम चुक्ता पूँजीको १ शेयर बराबर २४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीको प्रबन्ध पत्र र नियमावलीको प्रस्तावित बुँदाहरुमा संसोधन गर्ने प्रस्ताव पेश हुने छ । साथै प्रबन्धपत्र र नियमावलीको बुँदाहरुमा हुने संसोधनमा नियामक निकायबाट आवश्यक हेरफेर ÷ संसोधनको लागि सुझाव प्राप्त भएमा सोहि बमोजिम संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

यो कम्पनी मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनी हो । मुक्तिनाथ फुड कम्पनीमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत शेयर स्वामित्व छ ।