नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मोहम्मद माजिद प्रवेजको उम्मेदवारी चार विद्यार्थी संगठनको गठबन्धन गठन

चार विद्यार्थी संगठनको गठबन्धन गठन


काठमाडौं।

नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।

क्याम्पसमा आउँदो वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ। सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन्। नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।

यसबीच, नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनबीच गठबन्धन बनेको छ। उक्त गठबन्धनमा अनेरास्ववियुले सभापति पदमा, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ।

नेविसंघले भने उक्त गठबन्धनलाई “आफूमाथि लक्षित गठबन्धन”को रूपमा व्याख्या गरेको छ।