कवाडी सङ्कलकलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा


काठमाडौँ।

कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन् । बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेका थिए ।

अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।