आफ्नै विद्यार्थीलाई बाल याैनदुरपयाेग गरेको आरोपमा शिक्षक पक्राउ

6.86k
Shares

धादिङ। 

नेत्रावती डबजाेङ गाउँ पालिका -४ स्थित कुण्डलादेवी माविका शिक्षकले एसईई दिएकी विद्यार्थीलाई  बाल याैनदुरपयाेग आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

३४ वर्षीय शिक्षक शेरबहादुर बुढाले १५ वर्षीया एक विद्यार्थीलाई एई परीक्षापछि ०८१ चैत ९ गते नेत्रावती डबजाेङ गाउँपालिका-५ काेठामा बसेकाे घरमा बाल यौन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिईएकाे थियाे । 

पीडित पक्षकाे उजुरीपछि चैत २९ गते बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा भयो ।

आरोपित विरुद्ध चैत २९ गते उजुरी दर्ता भयो । फरार आरोपितलाई पक्राउपछि जिल्ला अदालतको आदेशले हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनुभयो । 

आफ्नो विद्यार्थीलाई आफू सुतेकै ठाउँमा सुताएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।