रसुवा।
राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्षमा सुमन घले चयन भएका छन्। संघको चाैथाे अधिवेशनले अध्यक्षमा घलेसहित नयाँ कार्यसमिति चयन गरेको हो।
राष्ट्रिय सङ्गीतकर्मी संघ रसुवाको आयाेजनामा वैशाख १ गते सोमबार गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसिमा भएको अधिवेशनले सुमन घलेलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेकाे छ भने वरिष्ठ उपाध्यक्षमा कान्छा लामा तामाङ,प्रथम उपाध्यक्षमा पाल्माे तामाङ,उपाध्यक्ष मा राम तामाङ,महिला उपाध्यक्ष मा कारसाङ डाेल्मा तामाङ,सचिवमा डाेल्मा लाेप्चन र बुद्विमाया तामाङ,सहसचिवमा शान्ति कुमारी घले,कोशाध्यक्षमा पासाङ फेल्माे तामाङ,सहकाेषाध्यक्षमा म्हेन्दाे घले र प्रवक्तामा घन बहादुर तामाङ सर्वसम्मतले चयन भएका छन् ।











प्रतिक्रिया