काठमाडौँ।
पन्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँ महानगरपालिका १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले आगामी वर्ष नेपाल र नेपालीका लागि सुखद हुने बिचार व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष सुरेश रायमाझी सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्य न्याधिवक्ता ओम थपलिया,सान्तराम थापा, प्रभाकर महर्जन, बिना पोखरेल, रमेश खत्री, आदेश्वर बुढाथोकी, आत्मराम खड्क, जयदेव घिमिरे,डा. मोहन तिमिल्सिना र डा. रामहरि लामिछाने, सुरेन्द्र दाहाल, सुन्दरकुमार थापा लगायतले यस्ता खाले कार्यक्रमले समाजलाई एकताबद्ध बनाइराख्ने बताएका थिए ।

सोही अवसरमा समाजले तयार पारेको नोटबुक समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया