२०८१ मा स्वास्थ्य क्षेत्र, सोचे जस्तो हुन सकेन

3.01k
Shares

२०८१ साल स्वास्थ्य क्षेत्रकालागि खासै उत्साहजनक बर्ष हुन सकेन । नयां सरकार गठन भएपछि स्वास्थ्य क्षेत्रमा केही परिवतन हुने अपेक्षा गरेपनि जनताले सोचेजस्तो काम सरकारले गर्न सकेन । जनताका अपेक्षाहरु बृहत्त थियो तर सरकारले जनस्वास्थ्यमा जसरी ध्यान दिनुपर्ने थियो त्यो हुन सकेन । बितेको बर्ष स्वास्थ्य क्षेत्रकालागि औषत बर्षको रुपमा रहन गयो ।
बितेका बर्ष स्वास्थ्य क्षेत्रका के कस्ता कामहरु भए त्यस बारेमा यहां प्रस्तुत गरिएको छ ।

यो बर्ष सबै भन्दा ठुलो पीडा बिषय बन्न पु¥यो जडिबुटी तथा प्रषेधन केन्द्र । राजा ल्याउने नाममा सडकमा निस्किएका जथ्थाहरुले चैत १५ गते जडिबुटी तथा प्रसोधन केन्द्रमा आगो लगाएर ७० करोड भन्दा बढीको क्षती पु¥याइदिए ।
यो कम्पनी सरकारको स्वमित्वमा १९८१ मा स्थापना भएको एउटा ऐतिहासिक कम्पनी हो ।

स्वास्थ्य बीमामाको दायरामा अति गरिब परिवार अझैपनि समेट्न सकिएको छैन । यसको प्रमुख कारण भनेको स्वास्थ्य बीमा बोर्ड संविधानमा स्वायत संस्था भए पनि २४ जना काज र करारका कर्मचारीका भरमा चलाउनु परेकाले यसले सोचेजस्तो काम गर्न सकेको छैन ।

यो कम्पनीले नेपाल भित्र र विदेशमा औषधि, खाना, सौन्दर्य र स्वास्थ्य उद्योगका लागि देशको छुट्टै पहिचान दिनुका साथै दुखाई निको पार्ने विभिन्न खालका तेल उत्पादन गर्ने पहिलो नेपाली कम्पनीका रुपमा स्थापित भएको थियो । कम्पनीको तरहरा, बेलबारी, तामागढी, महेन्द्रनगर र टीकापुरमा ५ सय हेक्टर जमिन यस्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थको खेतीका लागि रहेको छ ।

साधारणदेखि अत्याधुनिक प्रविधिहरु प्रयोग गरि विश्व बजारमा चिनाउन सफल भएको थियो । यो कम्पनीले विगत चार दशकदेखि सन्चोको उत्कृष्टतासँगै, अन्य बहुउपयोगि उत्पादनहरु पनि बजारमा ल्याएको थियो । आगजनीका कारण बहुमूल्य मेसिनहरुसँगै उत्पादित सामग्री जलेर खरानी भयो । ज्यालादारी कामदारको रोजीरोटी खोसियो । चार घण्टासम्म आगो लाग्दा जडिबुटीको ७० करोड बराबरको क्षतिको अनुमान गरिएको छ । पार्किङमा राखिएका १३ वटा गाडी र ६ वटा मोटरसाइकल पूर्ण र ४ वटा मोटरसाइकलमा आंशिक क्षति भएको छ । कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएकोछ ।

वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन सम्पन्न

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी र बिभिन्न बिधाका पुरस्कार प्रदान सहित सम्पन्न । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ शिखर सम्मेलन परिषद्को बार्षिकोत्सवका अवसरमा २८-३० चैत्रमा काठमाडौंमा सम्पन्न भएको हो । सम्मेलनमा जलवायु परिवर्तन र समसामयिक बिषयमा घनिभूत छलफल भएको थियो ।

सपुतको अंग दान घोषणा

विश्व मृर्गौला दिवस विविध सांगितिक कार्यक्रमका साथ सम्पन्न भएको थियो । ललितपुरमा आयोजित उक्त कार्यक्रमका प्रख्यात लोक तथा दोहोरी गायक प्रकाश सपुतले मस्तिष्क मृत्यु पश्चात अंगदान गर्ने घोषणा गर्नु भयो ।
नेपाल हेल्थ समिट
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्यो ।
नेपाल जापान न्युरोसर्जरी सम्मेलन
पाँचौं नेपाल जापान न्युरोसर्जरी ‘फङ्सनल न्युरो सर्जरी वर्कशप’ सम्मेलन काडमाडौमा सम्पन्न भयो । ६० भन्दा बढी वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुतिका साथै ‘ह्यान्ड्स अन वर्कशप’ आयोजना गरिएको थियो । सम्मेलनले नेपाल र अन्य मुलुकसँगको न्यूरो उपचारमा नयाँ नयाँ ज्ञान हासिल गर्नका लागि थप सहयोग पुगेको बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० शैया
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० शैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बिवादमा
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासंघ (आइएफआरसी), अनुपालन तथा मध्यस्थता समिति (सिएमसी) ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहित पाँचजनालाई प्रतिबन्ध लगाउन पत्राचार गरेको छ ।
आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहबाट हट्न र सोसाइटीको आउँदा निर्वाचनमा उम्मेदवारसमेत हुन नपाउने गरी सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमिल्सेनालाई प्रतिबन्ध लगाउन पत्र पठाएको छ ।

एक बर्षमा ३४ हजारको शल्यक्रिया

नेपाल नेत्रज्योति संघको संजाल मार्फत एक बर्षमा ३४ हजार भन्दा बढि आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।संघको देशैभरी छरिएर रहेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत २०८१ मा ३४ हजार ४ सय २५ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
संघीय अस्पतालमा परिणत
सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ ।
भूकम्प प्रभावित म्यान्मारलाई सहयोग
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भूकम्प प्रभावित म्यान्मारलाई करिब १ सय टन औषधि, मेडिकल उपकरण र टेन्ट उपलब्ध गराएको छ । मानवीय स्वास्थ्य सहायताको खाँचोमा परेका करिब एक करोड २९ लाख मानिसको बढ्दो र विकसित स्वास्थ्य आवश्यकता पूरा गर्न आपतकालीन मेडिकल टोलीको समन्वय र परिचालनमा समेत सहयोग गर्दैछ ।
यता नेपालले भूकम्पपिडितको सहयोगकलागि नेपाली सेनाका चिकित्सक सहितको टोली म्यानमार पठाएको छ । सो टोलीले बिभिन्न क्षेत्रमा बिरामी परेका स्थानीयहरुको उपचार गर्नुका साथै अन्य मानावीय सहयोग समेत उपलब्ध गराएको छ ।
४५ बुंदे श्वेतपत्र जारी
२०७२ सालबाट परीक्षणका रुपमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम २०७४ मा ऐन जारी गरि अघि बढेको १० बर्ष बितेको छ । स्वास्थ्य बीमाको दशौ बर्ष प्रवेशका अवरमा बीमा बोर्डले ४५ वुंदे श्वेतपत्र जारी गरेको छ । बीमा सुचारु गर्न आर्थिक अभाव, निरन्तरताका लागि सुधारको खाँचो रहेको उल्लेख गरिएको छ ।

म्याग्नस फर्मा नेपालकै उत्कृष्ट औंषधि उत्पादक कम्पनी
म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो । बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ । म्याग्नस फर्माले अहिले १०९ ब्रान्डसहित २०७ प्रकारका औषधि उत्पादन गरिरहेको छ । तीमध्ये ५ वटा औषधिहरु नेपाली बजारमानै पहिलो पटक ल्याईएका र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरिएका छन् । म्याग्नस फर्माले नेपाली बजारमा उपलब्ध नभएका नयाँ तथा नविन प्रबिधिका औषधि उत्पादनमा जोड दिदै आएको छ ।

मनिषा कोइराला सद्भावना दूत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा फिल्मी कलाकार तथा क्यान्सर विजेता मनिषा कोइराला सद्भावनादूतको रुपमा घोषणा गरेको छ । यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीले खोप निःशुल्क लगाएका थिए ।
मान्छेको मुटु सार्वजनिक
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायद्धारा लिखित ‘मान्छेको मुटु’ लोकापर्ण भएको छ । बरिष्ठ स्वास्थ्य पत्रकार तथा साधना स्वास्थ्य मासिकका सम्पादक लक्ष्मण अधिकारीले सम्पादन गर्नुभएकोे बरिष्ठ मुटु रोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको दोस्रो कृति “मान्छेको मुटु“ सार्वजनिक भएको छ ।
नेपालमा मंकीपक्स
विदेशबाट फर्किएका एक जना नेपालीलाई पहिलो पटक मंकीपक्सको संक्रमण देखा परेको थियो । साउदी अरेवियाबाट नेपाल फर्किएका ३६ वर्षीय एक नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको हो ।

२२ पटक आँखा शिविर
जापानी समाजसेवी योजी माचुदालाई नेपाल र नेपाली अत्यन्तै प्यारो लाग्छ । ७३ बर्पिय उहाँ हाल सम्म नेपालमा ७२ पटक आईसक्नुभएकाे छ । २२ पटक नेपालका ग्रामीण भेगमा एकल प्रयासमा निःशुल्क आँखा शिविर गरिसक्नुभएको छ ।

सेवाग्राही अझै बन्चित
नेपाल–वातावरण,जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा र क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को (यूसिएसएफ)द्वारा ५ वर्ष लगाएर गरिएको अनुसन्धानले नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए तापनि, गर्भपतनका लागि धेरै महिलाहरु अझै पनि बन्चित भएका छन् ।

द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स
“द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स“ एउटा महत्वपूर्ण कार्यक्रम हो, जसले अंग प्रत्यारोपण क्षेत्रको नयाँ खोज, प्रविधि, र अभ्यासहरूको आदानप्रदानका लागि विशेषज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्श्यले २०२४ डिसेम्बर १४ र १५ मा काठमाडौँमा आयोजना भयो ।
स्वास्थ्य बीमाको अवस्था
स्वास्थ्य बीमामाको दायरामा अति गरिब परिवार अझैपनि समेट्न सकिएको छैन । यसको प्रमुख कारण भनेको स्वास्थ्य बीमा बोर्ड संविधानमा स्वायत संस्था भए पनि २४ जना काज र करारका कर्मचारीका भरमा चलाउनु परेकाले यसले सोचेजस्तो काम गर्न सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्व २४ करोड
आर्थिक वर्ष २०८१-०८२ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ८६ अर्व २४ करोड रकम विनियोजन गरेको तत्कालीन अर्थमन्त्री बर्षमान पुनले बजेट भाषणमा प्रस्तुत गर्नुभयो । गत आर्थिक वर्ष २०८०-८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रायलाई ८३ अर्ब ९९ करोड विनियोजन गरिएको थियो । यो कुल बजेटको ४ प्रतिशतको हाराहारीमा हुन आउँछ ।