प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान


काठमाडौँ।

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी किरण के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति सिग्देलले पदोन्नति भएका के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी के.सी. निरीक्षणाधिकृतमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ्ग र सरोज कुमार अधिकारीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।