जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ


काठमाडौँ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले सीसीटिभी फुटेजबाट पहिचान गर्दै पक्राउ गरिरहेको छ।

बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान गरीएको ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय र उक्त स्थानमा पार्किङ गरि राखेका सरकारी तथा निजी सवारी साधन तोडफोडसँगै आगजनी गर्ने कार्यमा संग्लग्न भएको आरोप छ।