मृतक रजकको परिवारलाई समाजसेवी उप्रेतीको सहयोग

7.33k
Shares

काठमाडौँ।

गत चैत्र १५ गते राजावादीको प्रदर्शनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीले ५० हजार रुपियाँ  आर्थिक सहयोग गरेका छन् । 

बुधवार विहान पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर समाजसेवी उप्रेतीले उनको पत्नी सुजनलाई सहयोग रकम प्रदान गरेका हुन् । 

एभि न्युज  टेलिभिजनमा कार्यरत पत्रकार रजकको प्रर्दशनकारीले आगो लगाएको काठमाडौँ तीनकुने स्थित एक घरमा जलेर मृत्यु भएको थियो ।