गोर्खाज फाइनान्सको कामु सीईओमा दीपक न्यौपाने


काठमाडौं
गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा अर्काे व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई जिम्मेवारी दिएको छ । वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरेको हो ।
नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत वित्तीय संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।