काठमाडौं ।
काठमाडौं महानगरपालिकाभित्र सिसिटिभी आतंक फैलिएको करिब एकवर्षपछि सबै सिसिटिभी हटाउन सुरु भएको छ । सबै विभागीय प्रमुखको कार्यकक्षमा राखेको सिसिटिभी हटाउने अभियान आजबाट सुरु भएको छ । पहिलोचरणमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र गोप्य कोठाबाट सिसिटिभी हटाईको छ । बोलेको समेत रेकर्ड गर्न मिल्नेगरी सिसिटिभी जडान गरेको थियो । उच्चकोटीको ती सिसिटिभी जडान गरेलगत्तै मेयर साहको सचिवालयको हवाला दिँदै सचिवालयका सदस्यले निर्देशन दिने गरेका थिए ।
अब करिडोर र आवश्यक पर्ने स्थानमा मात्र जडान गर्ने योजना छ । कामपा सुशासन समितिको संयोजक ख्याम तिवारीको निर्देशनमा विभागीय प्रमुखको कार्यकक्षमा जडान भएको सिसिटिभी हटाईको छ । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईको कार्यकक्ष र गोप्य कोठा र प्रशासन विभागबाट हटाइएको हो । समितिका संयोजक लगायत विभागीय प्रमुखले आफ्ना टाउको ठोकिने गरी जडान भएको सिसिटिभीको कारण अपहेलित भएको आरोप लाग्दै आएको थियो ।

कामपाका प्रवक्ता नविन मानन्धरले मेयर वोलेन्द्र साह आफ्नो क्याबिनमा नराखेर विभागीय प्रमुखलाई दुःख दिन सिसिटिभी राख्न लगाएको आरोप लगाए । भने–उहाँ चाही क्याबिनभित्र बसेर मनपरी गर्न हुने, अनि विभागीय प्रमुखको कोठामा सिसिटिभी राखेर नियन्त्रण गर्न खोज्नु गलत मनसाय हो ।
कामपाका कर्मचारीले मेयर साहको लागिमात्रै बनाएको लिफ्टसमेत हटाउनुपर्ने बताएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार बिदा हुन लागेको बेला उनकै निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको गोप्य कार्यकक्षमा सिसिटिभी जडान भएको थियो ।
मेयर वालेन्द्र साहले सुशासन कायम गर्न भन्दै १५ विभागीय प्रमुखसहित २२ स्थानमा सिसिटिभी टिभीले निगरानी बढाउदै अनावश्यक दुःख दिने नियत बढाएपछि कामपाको कमलादीस्थित मुख्यालय भर सिसिटिभी आतंक फैलिएको थियो । कामपाले सबै विभागीय प्रमुखको गतिविधि निगरानी गर्न सिसिटिभी जडान गरेपछि सिसिटिभीको कारण विभागीय प्रमुखहरु बोल्न समेत डराउने गरेका थिए । मेयर साह र सचिवालयका सीमित व्यक्तिले कुन विभागीय प्रमुख र शाखामा को को प्रवेश गरेका छन् ? भनी निगरानी गर्ने गरेका छन् ।
आफ्नौ टाउकै नजिक सिसिटिभी राखेर हैरान भएपछि अधिकांश विभागीय प्रमुखले आफूलाई भेट्न आएकासंग छलफलगर्न छाडिसकेका छन् । मेयर साहले ती सिसिटिभीमा भएका गतिविधि अनुगमन गर्दैनन, मेयरका स्वकीय सचिव भुपदेव शाह, सुनिल लम्साल, सुदिप ढकाल, शैलेन्द्र झा लगायतका टीमले अनुगमन गरी विभागीय प्रमुखलाई थर्काउने गरेका थिए । हामी त दिक्दार भैसक्यौ, सिसिटिभी हेरेर सचिवालयको सदस्यको हवाला दिँदै जथाभावी निर्देशन दिन थालेका थिए । हटाउने निर्णय गरेपछि सुशासन कायम भएको महसुस गरेका छौ–ती कर्मचारीले भने ।
कामपाले ६ महिनाअघि २२ वटा सिसिटिभी जडान गरेको थियो । उक्त सिसिटिभीले सबै विभागीय प्रमुखको कार्यकक्षमा भएको गतिविधि निगरानी गर्ने गरेको छ । ‘बोलेको समेत रेकर्ड राख्ने व्यवस्था गर्न लागिएको थियो, विरोध भएपछि बोलेको बाहेक अन्य रेकर्ड राख्ने व्यवस्था छ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।
सो सिसिटिभीको रेकर्ड ३० दिनसम्म रहनेछ । सिसिटिभीमा देखिएको दृश्यको आधारमा सचिवालयबाट सोध्ने काम समेत भएको स्रोतको भनाई छ ।
प्रतिक्रिया