ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले दिए राजीनामा


काठमाडौँ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले आज राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण दिँदै राजीनामा दिएका छन् । उनको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएकाे छ ।

अधिकारी विगतमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहँदा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङका दाहिने हात मानिने उनी गत भदौमा ऊर्जा मन्त्री दीपक खड्काले सल्लाहकारमा नियुक्त गरेपछि खड्काको दाहिने हात र घिसिङसँगकाे सम्बन्धमा चिसपना आएको थियोे ।