बाजुरा ।
घरेलु तथा सामाजिक हिंशामा परेका बिरामीका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र ओसी एमसी सेवा बाजुरामा प्रभावकारी बन्दै गएको छ ।
विशेषगरी महिलाहरु घरेलु तथा सामाजिक हिंशाबाट प्रभावित छन् । उनीहरुको सहज उपचार लगायत कानुन तथा शुरक्षा प्रत्याभुति दिलाउन जिल्ला अस्पता बाजुरामा सञ्चालित ओसि एम सी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ ।
बाजुराको खप्तडछेडेदह गाउँपालिका वडा न ६ मैतोलाकी २२ वर्षिया रेखा नाथ ( नाम परिवर्तन)घरेलु हिंसा प्रभावित एक किशोरी हुन् ।
बाल तथा अन्तरजातीय विवाह गरेकै कारण बिहे भएको केही महिना मै उनी तारन्तार पतिबाट कुटिन थालिन्। सासु ससुरासंग बोले पनि रिसाउनेसाथीसंघीसंग धारापँधेरा मेलापातमा गए पनि रिस लगाउने मेरो सात वर्षे किशोरावस्थामा श्रीमानको हप्की दप्की र कुटपिटमै बित्यो उनले भनिन् ।
रेखाको १३ वर्षको उमेरमा विहे भयो । पन्ध्र वर्षमा छोरा जन्म्यो जेठो छोरा ७ वर्षको भयो । २० वर्ष उमेर पुगेपछि विवाह दर्ता र नागरिकता वनाउनु भने। सिंह ठकुरीकी छोरी भएको नागरिकता ल्याउ अनि नागरिकता वनाईदिन्छु उनले (नरेश चन्द )भने म नाथकी छोरी परें । झगडाको विऊ त्यसैवाट सुरु भएको हो । पछि द्वन्द्वले हिंसात्मक रुप लियो,जातीय हिंसाले घरबारै छुटायो उनले भनिन् ।
पतिको कुटाई पिटाई र झगडा सहन नसकदा उनी आफ्नो ज्यान जोगाउन चाहान्थिन्। घरेलु हिंसाबाट आक्रान्त बनेकी नाथलाई जिल्ला अस्पतालमा रहेको एककद्धार संकट ब्यबस्थापन केन्द्र अर्थात ओ.सी.एम.सी. सेवा केन्द्रमा ल्याईयो । ओसिएमसी केन्द्रमा पुगेपछि उनको सुरक्षा सहित उपचार पनि भयो । शाररिक मानसिक अवस्था ठिक भएपनि उनी पुर्नमिलन गराएर घरजाने अवस्था भने नरहेको बताउँछिन् । उनले भनिन् म आत्मनिर्भर बन्न चाहान्थे ।
ओसीएमसीको सहयोगमा महेन्द्रनगर स्थित साथी संस्थाले ६ महिना सम्म निशुल्क सिलाइकटाई तालिम दियो। तालिम पश्चात सिलाइकटाई मेशिन पनि दिएको छ। अहिले माईतीघर तिपाडा मै वसेर सिलार्ईकटाई ब्यवासय सञ्चालन गरिरहेको उनले भनिन् । अव म आफै कमाएर पालिन सक्छु , दुई छोरालाई साथमा राख्न प्रयत्न गरें उसले (पति) मानेको छैन। उसको घरमा जाउँ मेरो ज्यान जोखिममा छ उनले भनिन् ।
ओसीएमसी सेवाकेन्द्रले मेरो सुरक्षा सहित उपचार नगराएको भए म अहिलै यस्तै अवस्थामा हुने थिईन। ओसीएमसी म लगायत सयौं हिंसा पीडित महिलाको लागि वरदान सावित भएकोछ ति किशोरीले भनिन् । पछिल्लो समयामा बाजुराका घरेलु तथा सामाजिक हिंसामा परेका महिलाका लागि एकद्धार संकट ब्यबस्थापन केन्द्र ओ.सी.एम.सीबाट गत फागुन सम्म ९७ बढिको उपचार भएको छ ।
विशेषगरी जिल्लाका प्राय महिलाहरु कुनै न कुनैरुपमा घरेलु तथा सामाजिक हिंशाबाट प्रभावित छन् । उनिहरुको सहज उपचार लगायत कानुनी तथा शुरक्षा प्रत्याभुती दिलाउन जिल्ला अस्पताल बाजुरामा सञ्चालित ओसि एम सी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो । २०७३ साल देखि स्थापना भएको उक्त केन्द्रमा जिल्लाका नौं वटै पालिकाका हिंसापिडित महिला आउने गरेका छन् ।
उनिहरुको गास,वास, कपास र सुरक्षा सहित निशुल्क स्वास्थ्य उपचार र सीपमुलक तालिम दिलाएर कतिपयको पुनर्मिलन भएको छ भने कतिपय महिला स्वरोजगार भएर आत्मनिर्भर बनेका छन् जिल्ला अस्पताल बाजुरामा कार्यरत ओसिएम्सी केन्द्रका सहजकर्ता एबं नर्सिङ्ग नीरिक्षक निशा रोकायाले बताईन् । ओसीएमसिले आवस्यक सुरक्षा सहित निशुल्क स्वास्थ्य उपचार, मनोसामाजिक विमर्श कानुनी सल्लाह तथा सिपमुलक निसुल्क तालिम सहितको ब्यबस्था गर्दै आएको छ ।
अहिले बाजुराका नौवटै पालिका लगायत छिमेकी जिल्लाका हिंसा प्रभावित महिला जिल्ला अस्पताल ओसीएमसी कक्षमा सेवा लिन आउँछन्। हिंसापिडित महिलाहरुलाई निशुल्क उपचार तथा स्वरोजगारमुलक तालिम दिएर आत्मनिर्भर बन्दै गएका छन् सहजकर्ता रोकायाले बताइएन् । सेवाप्रबाह प्रभाकारी भएसंगै उपचार गराउन आउनेको संख्या पनि उल्लेखनीय बृद्धी भएकोे छ उनले भनिन् । नर्सिङ निरिक्षक रोकायाका अनुसार यस आर्थिक वर्ष २०८१⁄०८२को साउन देखि फागुन मसान्तसम्म बिभिन्न खालका हिंसाबाट बाजुरामा ९७ महिला हिंसा प्रभावित भएकाछन् ।
सबैभन्दा बढी बुढिगंगा नगरपालिकामा ४३, जिल्लाको सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा ३०,बुढिनन्दा नगरपालिकामा सात र त्रिबेणी नगरपालकामा दुई प्रभावित छन् । त्यसैगरी खप्तड छेडेदह गाउँपालिकामा पाँच,हिमाली गाउँपालिकामा दुई, जगन्नाथ,स्वामिकार्तिक र गौमुल गाउँपालिकामा एक-एक जना हिंसा प्रभावित भएकाछन् । त्यसैगरी छिमेकी जिल्ला मुगु ,अछाम र डोटी जिल्ला घरभएका ४ जना महिला हिंसा प्रभावितलाई निशुल्क उपचार गराइए ओसिएमसी सेवा तथ्यांक विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्ष ०८०-०८१मा पनि बडिमालिका नगरपािलकाका ४५ महिला लगायत १०९ जना हिंसा प्रभावित भएका थिए ।
जिल्ला अस्पतालमा विभिन्न खालका हिंसा प्रभावित विमारी आईरहेका छन् । जसमा शाररिक कुटपिट २९ जना मानसिक अशक्त २४, स्रोतसाधानबाट बञ्चित २३ , जवरजस्ती करणीका १० ,बहुविवाहका ८ र यौनजन्य दुव्र्यवहार दुई जनीको जिल्ला अस्पताल बाजुराले उपचार गरी विभिन्न संघसंस्थाको सहयोगमा तालिम तथा आवस्यक सिप सिकाएर स्वरोजगार बनाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए ।
हिंसाका विभिन्न प्रकार हुन्छन् अस्पतालको रेकर्डमा शाररिक दुव्र्यवहार, जवरजस्तीकरणी, स्रोतसाधानबाट बञ्चित, मानसिक दुव्र्यवहार लगायतका हिंसाजन्य घटानाबाट बढिप्रभावित भएको देखिन्छ, जिल्ला अस्पताल प्रमुख डाक्टर यादवको भनाईछ । यस्ता घटना न्युनिकरण गर्न सर्बप्रथम बाल तथा अनमेल विवाह रोक्नु आवस्यक छ । पढ्ने लेख्ने उमेरमा अथार्त १२-१५ वर्षको कलिलो उमेरमा विहावह गर्छन्। अनमेल तथा बहुविवाह र जातीय विभेदका घटना पनि देखिन्छन्।
लहलहैमा लागेर कलिलो उमेर बिबाह गर्ने पछि पछुताउनु पर्ने हुन्छ हिंसाको जरो उखेल्नेहो भने बाल तथा अनमेल विवाह राक्नु पर्छ उनको कथन छ । जिल्ला अस्पताल ओसीएमसी कक्षमा सुरक्षा, मनोपरामर्श सेवा देखि उचित पालपोषण सहित सिपमुलक तालिम दिईने हुंदा महिला आत्मनिर्भर पनि बन्दै गएपछि सेवा प्रभावकारी भएको डाकटर यादवले बताए । घरेलु हिंसा न्युनिकरण गर्न जनचेतामुलक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्ने र दोषीको वचावट हैन, कानुनी कारवाही गर्नुपर्छ अनिमात्र घरेलु हिंसाजन्य अपराध न्युन हुन्छन् डाक्टर यादवको सुझाब छ ।

प्रतिक्रिया