एक्सन प्रधान कर्मा



राजधानीमा आयोजित एक कार्यक्रमका बीच आगामी शुक्राबार रिलिजमा आउने फिल्म कर्माको ट्रेलर सार्वजनिक गरिएको छ।


ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकारलाई प्रस्तुत गरिएको छ। एक्सनले प्रधानता पाएको ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ।

आप्mनो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिबन्धमा परेर गुण्डागर्दी र प्रहरीको कस्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा देखाइएको छ। प्रेमसँगै आमाको आशीर्वाद र निर्दयी समाजको कथा भन्ने फिल्ममा विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्।

विपिन, उपासना मुकुन र सरितासँगै दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतले अभिनय गरेको फिल्म नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ।