पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत


काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ। गत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य हुँदै उपाध्यक्षमा मनोनीत गरेको हो ।