रणवीर नामक फिल्मबाट करियर शुरू गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म फेरि रेशम फिलिलीसम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरेकी छन्।
आगामी २९ गतेबाट रिलिज हुने फिल्म पिताम्बरमा भने उनी बिहानी नामको केही फरक चरित्रमा देखिँदैछिन्। बिहानी विधवा छे र इनोनसेन्ट छे। ‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ। यो क्यारेक्टरमा फेज र ग्राफ छ। कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ’ सुपुष्पाको डेब्यु फिल्म रणवीर एक्सन बेसमा थियो। रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ।
उनी भन्छिन् ‘यसमा मेरो क्यारेक्टरमा बिल्कुलै फरक पाउनुहुनेछ।’ फिल्मका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी यो फिल्ममा भित्रिएकी रहिछिन्। ‘यो फिल्ममा काम गर्छु भनेर पहिले नै योजना थिएन। स्क्रिप्ट सुनेपछि नाईं भन्न सकिनँ। वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पाले सुनाइन् ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ। आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ। यो फिल्ममा काम गरेपछि मैले केही बुझेँ। अहिले त महिलाहरूले आप्mनो स्ट्याण्ड लिनुभएको छ।

उहाँहरू माथि पनि आइरहनुभएको छ। मल्टिस्टार फिल्ममा मैले यतिको स्पेस पाए भनेर आफूलाई भाग्यशाली ठानेकी थिए। यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ। तर काममा प्रेसर चाहिँ हुँदो रहेछ। सबै कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ। आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ।’
पिताम्बर निर्देशक कृषा चौलागाईंको दोस्रो फिल्म हो। कृषाले पिताम्बरको कन्सेप्ट आप्mनो पहिलो निर्देशकीय एैचो पैँचोभन्दा अगाडि नै बनाएकी रहिछन्। ‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फम्र्याटको एैँचो पैँचो नै गर्छु भन्ने निर्णय लिएँ। एैँचो पैँचो पहिलो निर्देशकीय फिल्म भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो। यो फिल्म मेरो मनमा बसेको फिल्म थियो। यसलाई सबैले एप्रिसियट गरे’ कृषा भन्छिन् ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ।
यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन। यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो। प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पूरा गरिदिनेछ। किनकी प्रदीपलाई फुल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ।’ कृषाले पिताम्बरको अवधारणा दिमागमा खेलाइरहँदा अभिनेता प्रदीप खड्कालाई नै सम्झिएकी रहिछन्।
उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो। यो तीनवटै गुण उनले प्रदीपमा भेटिन्। ‘हाम्रो कथा नै स्टारबाट शुरू हुन्छ। त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौँ। कलाकारको परफर्मेन्सभन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टिस्टार लियौँ। तीन प्रमुख कलाकार निश्चित थिए।
फिल्म बन्दै गएपछि अन्य कलाकारहरू पनि जोडिनुभयो’, कृषा भन्छिन् ‘प्रदीप अरू भन्दा फरक छ। उसकोे डेडिकेसन कतिसम्म छ भने धेरै समयसम्म पनि ऊ फिल्ममै भएर बसेको हुन्छ। उसको लुक्स पनि छुट्टै किसिमको छ। एक्सन फिल्म भन्ने बित्तिकै सिक्स प्याक भन्ने हुन्छ।
तर तपाईं हाम्रो घरमा कसैलाई केही पर्यो भने सिक्स प्याक छैन भन्दैमा बदला नलिने त हुँदैन नि। हाम्रो रगत नतातिने त हुँदैन नि। मैले प्रदीपलाई एक्सनका लागि सिक्स प्याक बनाउनु पर्दैन। तर तिमीले फाइटमा आफूलाई एग्रेसिभ बनाउन फाइट तालिम लिनुपर्छ भनेर ट्रेनर राखेको थिए।’ कृषाको भनाइमा पिताम्बर उनका लागि फिल्म नभई तपस्या हो।
प्रतिक्रिया