सुशान्त केसीको पागल युट्युब ट्रेन्डिङमा


लोकप्रिय गायक सुशान्त केसीले फिल्म कर्माका लागि गाएको पागल बोलको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ।

सोमबार सुशान्त केसीको युट्युब च्यानलबाट सार्वजनिक गीत २४ घण्टा नबित्दै युट्युबको म्युजिक सेक्सनअन्र्तगत ७ नम्बर ट्रेन्डिङ कब्जा गरेको थियो भने अहिले दोस्रो नम्बरमा पुगेको छ। सार्वजनिक गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन्।

हालसम्म यो गीतलाई करिब १० लाख ७५ हजार दर्शकले हेरिसकेका छन् भने ६९ हजार बढीले मन पराएका छन्। प्रेमिल भावको गीतमा शब्द रचना र संगीत पनि गायक केसीकै रहेको छ। गीतको शब्द र लय सुशान्त केसीको आप्mनै प्mलेबरमा छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की र उपासना सिंह ठकुरी फिचर्ड छन्।

कलाकार जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन्। विपिनले उपासनालाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ। नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्ममा विपिन र उपासनासँगै मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतले अभिनय गरेका छन्।

एक्सन जनरामा निर्मित फिल्मको कथा निर्देशक सौभर चौधरीले लेखेका छन्। फिल्ममा भाष्कर स्वारको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्म आर्टिस्टिक इनटरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले निर्माण गरेका हुन्।