बलिउड अभिनेत्री करिना कपुर खानको फिल्मी करिअर २५ वर्ष पुगिसकेको छ।
यो अवधिमा उनले दर्जनौँ फिल्ममा काम गरेकी छन्। उनले धेरै फिल्ममा काम गरे पनि निकै कम फिल्ममा इन्टिमेट सिन दिएकी छन्। हालै उनले यसको कारणबारे चर्चा गरेकी छन्।
एक म्यागजिनका लागि हलिउड अभिनेत्री गिलियन एडर्सनका साथ कुराकानीका क्रममा आफू सकेसम्म त्यस्ता दृश्यबाट परै रहने र आफ्नो अभिनयलाई गरिमामय राख्न चाहेको खुलाउँदै अभिनयमा सशक्तता देखाउनका लागि इन्टिमेट दृश्य आवश्यक नभएको बताएकी छन्।
उनले भारतका फिल्ममा पश्चिमी देशमा जस्तो महिलाका ईच्छालाई सजिलै देखाउने चलन नरहेको र इन्टिमेट सिनबारे पश्चिमी दर्शकको जस्तो सोच भारतीयको नरहेको समेत बताएकी छन्। सन् २००० मा फिल्म रिफ्युजीमार्फत बलिउड फिल्म नगरीमा प्रवेश गरेकी करिनाले सन् २००३ मा चमेली र त्यसपछि तलाशजस्ता फिल्ममा यौनकर्मी महिलाको भूमिका निर्वाह गरेकी थिइन्।
तापनि, इन्टिमेट दृश्यबाट टाढा रहने निर्णय लिएकी थिइन्। तर करिनाले कि एन्ड काजस्ता केही फिल्ममा भने इन्टिमेट दृश्य दिएकी छिन्। उनले कहिलेकाही“ मात्र कथाको मागअनुसार यस्ता दृश्य दिएको बताएकी छन्।
प्रतिक्रिया