काठमाडौँ।
यही चैत्र १५ गते तीनकुने लगायत, कोटेश्वरमा राजाबादीको आन्दोलनमा सहमागीहरुलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि घाईत भएका २० जना विभिन्न अस्पतालमा उपचार भैरहेकोछ ।
घटना भएको ६ दिनपछि प्रहरी प्रधान कार्यालयले तीनकुने घटनाको बारेमा औपचारिक रुपमा पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रहरीले उत्तेजित प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ६० राउन्ड गोली, ७४६ थान अश्रुग्यास प्रहार गरेको जानकारी दिएको छ ।
आम नागरिकको चासो र जिज्ञासा पछि बल्ल प्रहरीले पत्रकार सम्मेलन गरी गोली लागेका घाइतेको तथ्यांक बताए पनि को कुन अवस्थामा छन भन्ने बारेमा जानकारी गराएन ।
१५ गते गोली लागेर घाइते भएका मध्ये २ जनाको नेपाल ट्रमा सेन्टरमा सघन उपचार कक्ष (आईसीयु) मा उपचार भैरहेकोछ । ट्रमा सेन्टरमा ट्याङेक मयुङ गाउपालिका वडा नं ९ का २७ बर्षिय दिल्ली प्रसाद लुईटेलको सघन उपचार कक्षमा राखि उपचार भैरहेको छ । उनको पेटमा गोली लागेको र गम्भिर अवस्थामा अस्पताल पुगी तत्काल शल्यक्रिया गरिएकाले हाल खतरा मुक्त अवस्थामा उपचार भैरहेको छ । उनलाई अझै केही सघन उपचार कक्षमानै राखी उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
त्यसैगरी भोजपुर रामप्रसाद राई गाउँपालिनका वडा नं बस्ने बर्ष ३० को शम्भु दर्जीको दाहिने कुममा गोली लागेको र ट्रमा सेन्टरमा सामान्य वार्डमा राखी उपचार गराईरहेको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
१५ गते ट्रमा सेन्टरमा ४ जना घाइते उपचारका लागि आएकोमा २ जना सोही दिन सामान्य उपचारपछि घर फर्किसकेको पनि अस्पतालले जनाएको छ ।
त्यसैगरि कोटेश्वरको भाटभटेनी नजिकै तीघ्रामा गोली लागि घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की २२ बर्षिया रेबिका खत्रीको नीजामती कर्मचारी सेवा (सिभिल)अस्पतालमा सघन उपचार कक्षमा उपचार भैरहेकोछ । उनका दाइ दिनेश खत्री (माहिला बुवाका छोरा) को सोही अस्पतालमा उपचार पछि घर फर्किसकेका छन् ।
कोटेश्वर दाईको कोठातिर जाने क्रममा एसओएस मार्गको टर्निङमा प्रहरीले चलाएको गोली एक्कासी आई दाइलाई लागेर अगाडिको सटरमा ठोक्किई फर्किएर रेबिकाको तिघ्रामा लागी धेरै रगत बगेपछि गोली लागेका दाईलेनै नजिकैको क्लिनिकमा लागि प्राथमिक उपचार गराई ३० मिनेट पछि एम्बुलेन्समा सिबिल अस्पताल पुर्याएको रेविकाका दिदीको छोराले नेपाल समाचारपत्रलाई जानकारी गराए । उनले रेविका र उनको दाईको उपचार खर्च सरकारले नै गरेको जानकारी गराए । रेविकाका बुबा तुलसीराम खत्री उदयपुरको चौदण्डीगढी–६ मा नेकपा एमालेको तर्फबाट वडासदस्य र नेकपा एमालेको नगर कमिटी सचिवालय सदस्य हुुन ।
झडपमा १ सय २८ जना घइते भएका र त्यसमध्ये हाल ट्रमा, सिभिल,बिएण्डबी, केएमसी, कान्तिपुर लगायतका बिभिन्न अस्पतालहरुमा १३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ जना मध्ये ७ जना गोली तथा गम्भीर चोट लागेकाहरु रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया